मंसिर २८ गते पत्रकार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय
शनिबार, १९ असोज २०८१, २३ : २१

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ । शनिवार राति अबेर सकिएको भेलाले सो निर्णय गरेको हो ।
भेलाले सर्वसहमत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्बसहमतलाई पनि स्वीकार गर्ने निर्णय समेत गरेको छ । यदि सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको १–१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले सर्वसहमतबाट विवाद टुङ्गो लगाउने निर्णय समेत भेलाले गरेको छ ।
सदस्यताको विषय कात्तिक मसान्तसम्म टुङ्गो लगाउने र टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको भेलामा सहभागी एक जिल्ला अध्यक्षले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माकलबारी घटना : सापटी फिर्ता माग्न जाँदा ६ जना मिलेर हत्या
-
सीजी इलेक्ट्रोनिक्सद्वारा 'सीजी इलेक्ट्रिक डिलर्स मिट २०८१' सम्पन्न
-
४०% सम्म क्यासब्याक दिन एलजी नेपालको अफर
-
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
-
आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित
-
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब