आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

गरिब केटो (लघुकथा)

शनिबार, १९ असोज २०८१, २३ : ०९
शनिबार, १९ असोज २०८१

एकादेशमा राम भने एउटा केटो थियो। उ गरिब परिवारमा जन्मिएको थियो । गरिब परिवारमा जन्मिएको भए पनि उसको पढाइ असाध्यै राम्रो थियो । उसको पढाइ १० कक्षासम्म अति नै राम्रो थियो तर ऊ ११ कक्षामा पुगेपछि आफ्ना नराम्रा साथीहरूको सङ्गतले बिग्रिँदै गयो।

आफ्नो सपना पूरा नहुने देखेर उनका बुबा आमा चिन्तित हुँदै गाली गर्न थाल्नुभयो। आमाबुबाको दबाबका कारण साथीहरूले पनि उसलाई धेरै खिस्स्याउन थाले । साथीहरूले पनि गिल्ला गर्न थालेपछि ऊ आफ्नो घर छाड्न सोच बनाउन थाल्यो।

धेरै महिना त्यसैगरी चल्दै गयो । एक दिन बिहान झिसमिसेमा उठेर ऊ आफ्नो घर छाडेर एक घना जङ्गलमा पुग्यो। ऊ हिँड्दा हिँड्दै थाक्यो र एउटा रुखमुनि बस्यो । ऊ आफ्नो थकान मेटाएर आफ्नो गन्तव्यतर्फ लाग्यो।

ऊ हिँड्दा हिँड्दै एउटा ठुलो गुफामा पुग्यो। गुफामा पुगिसकेपछि उसले एउटा किरा देख्यो, जो ठुलो भित्तामा चढ्न कोसिस गरिरहेको थियो। किराले एकचोटी माथिसम्म पुग्न कोसिस गर्‍यो तर ऊ आफ्नो गन्तव्यमा पुग्न सकेन, तल झर्‍यो । दोस्रो पटक प्रयास गर्‍यो, किरा आधा भित्तासम्म मात्र चढ्न सक्यो । तेस्रो पटक प्रयास गर्दाखेरि आधा भित्ताभन्दा माथि पुग्यो र चौथो प्रयासमा गन्तव्यमा पुग्यो । त्यो देखेर राम छक्क पर्‍यो र सोच्न थाल्यो।

‘म एक चेतनशील प्राणी भएर पनि आफू हरेस खाएर घर छोडेर आएको छु तर यो किराले त आफू जति सानो भए पनि आफ्नो हिम्मत नहारीकन लगातार काम गरेर सफल हुन पुग्यो’ उसले म आफू चेतनशील प्राणी हुँ भनेर सोच्यो । त्यसपछि राम आफूले हरेस खानुहुँदैन भनेर आफ्नो घरतर्फ फर्कियो ।

घर पुगेर आफ्नो बुबा आमासँग माफी माग्यो र धेरै मेहनत गर्‍यो। त्यसपछि उसले पहिलाको भन्दा बढी सफलता चुम्न पुग्यो ।। पहिला खिसी गर्ने साथीहरू पनि माफी मागेर ऊसँग नजिक हुन पुगे । र उनले सबै साथीलाई माफी दिएर आफ्नो जिन्दगीलाई सफल बनाउन पुगे । 

कक्षा : ६

शङ्कर नेशनल अङ्ग्रेजी माध्यमिक विद्यालय सूर्यविनायक– ४ भक्तपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रसिद्ध रिमाल
प्रसिद्ध रिमाल
लेखकबाट थप