‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता
ललितपुर । ‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज झाले दोस्रो स्थान हासिल गरेका छन् । नेदरल्याण्डमा सम्पन्न सो प्रतियोगितामा विश्वका विभिन्न नौ देशका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा झाले ‘समूह इकोग्रब’ बाट भाग लिएका थिए ।
काठमाडौँ फरेस्टी कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थी आशीर्वादले नेतृत्व गरेको उक्त समूहले प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको उनका भाइ अभिनमले जानकारी दिए । ‘समूह इकोग्रब’ का तर्फबाट आशीर्वादले आफ्नो परियोजनामा कालो सैनिक झिङ्गाको अनुसन्धानमा आधारित ‘इनोभेटिभ’ समाधान प्रस्तुत गरेका थिए । यो अनुसन्धानले खाद्य प्रणालीमा टिकाउ र दिगो समाधान खोज्नमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
कालो सैनिक झिङ्गाको प्रयोगले फोहोर व्यवस्थापन र पोषक तत्व पुनः प्राप्त गर्न मद्दत गर्दछ । जसले वातावरणीय र कृषिसम्बन्धी समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।
यस प्रतियोगितामा हासिल गरेको सफलतापश्चात, ‘इकोग्रब’ समूह युवा खाना प्रयोगशाला कार्यक्रमको तयारीमा जुटेको छ । यो कार्यक्रम अक्टोबर २०२५ मा इटलीको रोममा आयोजना हुनेछ । जहाँ जित हासिल गरेका टोलीहरू आफ्नो परियोजनालाई थप विस्तार गर्न र कार्यान्वयन गर्न अवसर प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस काउन्सिलको ‘मिडिया इयर बुक’ सार्वजनिक
-
विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकारले काम गरिरहेको छ : मन्त्री पौडेल
-
मंसिर २८ गते पत्रकार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय
-
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
-
गरिब केटो (लघुकथा)
-
एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि