मुनीको प्रेरणामा अस्ट्रेलियाको विजयी सुरुवात

लण्डन । श्रीलंका लागि हराउँदै अस्ट्रेलियाले आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तरगत शनिबार भएको समूह एको खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी बन्यो ।
बेथ मुनीको प्रेरणामा अस्ट्रेलियाले श्रीलंकाले प्रस्तुत गरेको ९४ रनको लक्ष्य ३४ बल अगावै पछ्यायो । मुनीले मात्र ३८ बलमा ४३ रन जोडिन् । उनले यस क्रममा ४ चौका प्रहार गरिन् । एलिसे पेरीले १७ रन तथा एस्ली गार्डनरले १२ रनको योगदान दिइन् । श्रीलंकाका लागि उदेशिका प्रबोधानी, इनोका रानाविरा र सुगन्धिका कुमारीले १–१ विकेट लिइन् ।
यसअघि श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । श्रीलंकाका लागि निलकसिका सिल्भाले सर्वाधिक २९ रन बनाइन् । त्यस्तै, हर्षिथा समराविक्रमाले २३ रनको योगदान दिइन् ।
अस्ट्रेलियाका लागि मेगन स्कुटले ३, सोफी मोलिनक्सले २ तथा एलिसा गार्डनर र जर्जिया वेरहामले १–१ विकेट लिइन् । श्रीलंकाको यो लगातार दोस्रो हार हो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा