शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा एभरेस्ट महिला भलिबल लिगको फाइनल

तस्बिरमा एभरेस्ट महिला भलिबल लिगको फाइनल

शनिबार, १९ असोज २०८१

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना भएको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई रोमाञ्चक खेलमा ३–२ को सेटमा पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो। तर ललितपुरले कम्ब्याक गर्दै तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्यो । अन्तिम तथा पाचौँ सेट भने कर्णालीले १५–१३ ले जित्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया