एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई
शनिबार, १९ असोज २०८१, २१ : १३
![एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई](https://npcdn.ratopati.com/media/news/volleyball_everest-women’s-volleyball-league-_final_npl16_TK7mlgzcvx.jpg)
काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना भएको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई रोमाञ्चक खेलमा ३–२ को सेटमा पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो। तर ललितपुरले कम्ब्याक गर्दै तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्यो । अन्तिम तथा पाचौँ सेट भने कर्णालीले १५–१३ ले जित्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
-
पुस्तक, कुकुर र राजा
-
अन्तिम शनिबार सालीनदी मेलामा थेगिनसक्नु भीड, कमाउन बस्नेहरू मालामाल (तस्बिरहरू)
-
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
-
पक्राउ पुर्जी जारी भएपछि के भने सोनु सूदले ?
-
च्याम्पियन्स ट्रफीअघि न्युजिल्याण्डका फर्गुसन घाइते