एनआरएनएको शर्मा पक्षले बोलायो बैठक, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले अन्तर्राष्ट्रिय समन्वय समितिको बैठक बोलाएको छ । भर्चुअल माध्यममार्फत बस्ने गरी आइतबार साँझ ५ बजेका लागि बैठक बोलाइएको शर्माले जानकारी दिए ।
बैठकमा पूर्वअध्यक्षहरु, पदाधिकारी, सल्लाहकार एवम् अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।
बैठकका लागि ४ वटा एजेन्डा तय गरिएको उनको भनाइ छ । जसअनुसार सर्वोच्च अदालतमा दायर मुद्दाका साथै, एनआरएनए डे मनाउने, बाढी पहिरो पीडितलाई सहयोग गर्ने र विविध विषयमा एजेन्डा तय गरिएको छ ।
उनका अनुसार बैठकबाट संघभित्र उत्पन्न परिस्थितिको विषयमा छलफल हुनुका साथै एनआरएनए डे मनाउने विषयमा आवश्यक निर्णय हुनेछ । एनआरएनहरुले अक्टोबर ११ लाई एनआरएनए डेको रुपमा मनाउँदै आएका छन् ।
यस्तै हालै गएको बाढी पहिरोबाट प्रभावितका लागि सहयोग सङ्कलन गर्नेसहित शुभकामना आदान प्रदानसमेत बैठकका क्रममा हुने बताइएको छ ।
गैरआवासीय नेपाली संघमा चर्किएको विवाद समाधान हुन नसकेको अवस्थामा शर्मा पक्षले आधिकारिकताको दाबी गर्दै सर्वोच्चमा रिट समेत दायर गरेको अवस्था छ । गत चैत २१ गते सर्वोच्चले संघको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्किएर शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न आदेश दिएपनि आफूहरूलाई काम गर्न नदिएको भन्दै बद्री केसी पक्ष फेरि सर्वोच्च गएको थियो । केसी पक्षको मुद्दामा साउन २२ गते सर्वोच्चले उनलाई काम गर्ने बाटो खुला गरिदिएसँगै संघभित्र फेरि अन्यौलता भएको थियो । यही बीचमा शर्मा पक्षले केसी पक्षले अदालतलाई नै गुमराहमा राख्ने काम गरेको जिकिर गर्दै आफूचाहिँ आधिकारिक भएको दाबीसहित अर्को रिट निवेदन दर्ता गराएको थियो । सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेपनि अन्तरिम आदेश दिने प्रयोजनका लागि भने सुनुवाइ हुन सकेको छैन । उक्त मुद्दाको पेसी अब कात्तिक ५ का लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो
-
सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी
-
पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
-
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?