शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल भ्रमणमा रहेका भारतीय सेनाका कर्णेल कहाँ कहाँ पुगे ?

शनिबार, १९ असोज २०८१, २० : ५३
शनिबार, १९ असोज २०८१

काठमाडौँ । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगनको ६ दिने नेपाल भ्रमण सम्पन्न भएको छ । असोज १४ गते नेपाल भ्रमणमा आएका भारतीय गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगणको ६ दिने भ्रमण सम्पन्न भएको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालयमा भएको भेटमा नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबिचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ । 

त्यसअघि जनरल देवगनले पोखराको पनि भ्रमण गरेका थिए । पोखरामा उनी भूतपूर्व सैनिकहरुको र्‍यालीमा पनि सहभागी भएका थिए । सो क्रममा उनले वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरेका थिए । 

नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको समेत भ्रमण गरेका थिए । उनले भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउने कुरामा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप