शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

शनिबार, १९ असोज २०८१, २० : ३६
शनिबार, १९ असोज २०८१

काठमाडौँ ।  लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा  नियुक्त गरेको छ । शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको जानकारी गराएको हो ।  

यसबारे बोल्दै गौचनले भने, “लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको रुपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । यो क्लबले धेरै सम्भावना बोकेको छ । खेलाडीहरुसँग मिलेर राम्रोसँग प्रशिक्षाण गरेर हाम्रो उद्धेश्यको निम्ती काम गर्ने चाहना छ । लुम्बिनी लायन्सले नेपाली क्रिकेटको गौरव र लगावलाई प्रतिनिधित्व गर्दछ । र यस यात्राको एक हिस्सा हुन पाउँदा म निकै खुशी छु ।”

त्यसैगरी क्लबका चेयरम्यान इश्वर जिसिले गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गर्न पाउँदा उत्साहित बनेको बताए । उनले भने, ‘वहाँँ धेरै युवा खेलाडीहरुको लागि प्रेरणाको श्रोत हुनुहुन्छ । फिल्ड भित्र र बाहिर उहाँँले जुन हिसाबले क्रिकेटलाई बुझ्नुभएको छ । त्यो ज्ञानले पक्कै पनि हाम्रो टिमलाई नयाँँ उचाइमा पुर्याउनेछ ।”

कार्यक्रममा क्यानका सचिव पारस खड्काले गौचनको अनुभव र लगनशीलताले धेरै युवा खेलाडीहरुलाई प्रोत्साहन र हौसला मिल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप