आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘छक्कापञ्जा ५’

शनिबार, १९ असोज २०८१, २० : ०३
शनिबार, १९ असोज २०८१

काठमाडौँ । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा इमान्दार सरकारी कर्मचारीले विवाहका लागि गर्न संघर्ष फिल्मको कथा रहेको अनुमान गर्न सकिन्छ । ट्रेलर निकै आकर्षक बनेको छ । जसले दर्शकलाई फिल्म प्रति कौतूहलता पैदा गर्छ । 

फिल्मको यसअघि सार्वजनिक दुई गीत चर्चामा छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । 

‘छक्कापञ्जा ५’ दसैँको फूलपाती अर्थात असोज २४ गतेदेखि प्रदर्शन हुँदैछ । यो वर्षको प्रतिक्षित सुचिमा रहेको यो फिल्म दर्शकले रुचाउने निर्माण पक्षको अपेक्षा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप