शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
अखिल क्रान्तिकारी सम्मेलन

अखिल क्रान्तिकारीको स्थगित सम्मेलन मंसिर २३ र २४ गते गर्ने निर्णय

शनिबार, १९ असोज २०८१, १९ : ५५
शनिबार, १९ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ । शनिबार बसेको सो संगठनको अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो । 

अध्यक्ष मण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ - ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित  भएको प्रक्रिया पुरा गर्न आगामी २०८१ मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ ।’ 

यसअघि सो संगठनको निर्वाचन दसैँ–तिहारपछि राख्न निर्वाचन समितिले पत्राचार गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप