त्रिवि डीन कार्यालयलाई स्ववियुले बुझायो ध्यानाकर्षणपत्र

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले डीन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ईन्स्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजी (आईओएसटी) का डीन प्राडा बिनिल अर्याललाई स्ववियुले ज्ञापनपत्र बुझाएको हो।
बिएस्सी सीएसआईटीमा भर्ना जारी छ । राज्यले शैक्षिक क्षेत्रमा गरेको लगानी अनुसार विद्यार्थीहरूलाई सहुलियत दिनुपर्ने बेला त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त निजी कलेजहरूले विभिन्न बहानामा अन्यायपूर्ण शुल्क निर्धारण र शुल्क वृद्धि गर्ने गरेको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन्।
BSc. CSIT अध्यापन गराइने सबै सम्बन्धन प्राप्त निजी कलेजहरूमा ४ वर्षको शुल्कको निश्चित मापदण्ड तयार पारेर १५ दिनभित्र पठाउन गराउन उनीहरूले आग्रह गरेका हुन्।
निजी कलेजले मापदण्ड विपरीत शुल्क लिएको प्रमाण पाइएमा, त्यसको तुरुन्तै फिर्ता गर्नुपर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरेका छन्। आफुहरूले अघि सारेका मागलाई बेवास्ता गरेमा, देशभरको स्वतन्त्र विद्यार्थी युनियन आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ : अध्यक्ष गुरुङ
-
बोरामा ३५ वर्षीया महिलाको शव : ६ जना मिलेर गरेका थिए व्यवस्थापन
-
नाडा र श्रम मन्त्रालयबिच समझदारी पत्रमा हस्ताक्षर
-
काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिमा ५ संगठनबिच भागबण्डा
-
नेपालसामु जितका लागि १ सय १ रनको लक्ष्य
-
राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य : अध्यक्ष नेपाल