रिटर्नी फेडेरेसनद्वारा गोदावरीको लेलेमा पहिरो पीडितलाई राहत वितरण
ललितपुर । रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाइमा डिही गाउँ क्षेत्रको प्रत्यक्ष भ्रमण गरेको केन्द्रीय टोलीले राहत वितरण गरेको हो ।
सो पहिरोमा परि गोदावरी नगरपालिका वडा नं. ५ मा घरबाट भाग्ने क्रममा २५ वर्षीय सबिता महतको ज्यान गएको थियो । मृतकको श्रीमान् हरि महत भने घाइते भएका थिए । उनको १३ महिनाको शिशु र आमाको घटनाबाट मुस्किलले ज्यान बाचेको छ । घर पूर्ण क्षति भई आफन्तकोमा शरण लिएको अवस्थामा रिटर्नी फेडेरेसनका केन्द्रीय टोलीले उनीहरूलाई चामल, दाल, चिउरा, ब्लान्केन्ट, खाने तेल, कपडा लगायतको सामाग्री हस्तान्तरण गरेको हो ।
रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय इन्चार्ज डा.कृष्ण केसीले घटना धेरै बीभत्स भएको र धेरै घरपरिवारमा पहिरोले अपूरणीय क्षति पुर्याएको बताएका छन् । रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले दुःखको बेला घटनास्थलको अवलोकनको लागि स्थानीय रिटर्नीहरुसंग आएको बेला केही सामाग्री वितरण गरेको बताएका छन् । हृदयविदारक अवस्थामा अप्ठ्यारो अवस्थाको साथीको रूपमा सङ्गठनका सदस्यहरूसँग सङ्कलन गरिएको रकमबाट खाद्यान्न र लत्ताकपडासहित सो क्षेत्रको अवलोकन समेत गरेको उनले बताए ।
घटनास्थलको अवलोकन र केही राहत समेत वितरण गर्न केन्द्रीय पदाधिकारी, बागमती प्रदेश र ललितपुर जिल्लाको समन्वयमा रिटर्नी फेडेरेसनबाट स्वयंसेवकको रूपमा केन्द्र र प्रदेशका पदाधिकारीहरू सो क्षेत्रमा पुगी घरबार विहीन भै अरूको सहारामा बाच्नुपर्ने अवस्थामा पुगेकालाई सहयोग प्रदान गरिएको फेडेरेसनका बाग्मती प्रदेश अध्यक्ष हेम राईले जानकारी दिए ।
राहत वितरणका लागि उक्त स्थान जाने क्रममा धेरै स्थानमा ठुलो क्षति भएको पाइएको छ । यसैगरी पहिरोले क्षति पुर्याएको रुपेश सिलवाल र दीपेश सिलवालको २ परिवार र सन्तोष सिलवालको परिवारलाई फेडेरेसनको तर्फबाट राहत सामाग्री हस्तान्तरण गरिएको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठले बताएका छन् ।
यसअघि असोज १५ गते बसेको रिटर्नी फेडेरेसन नेपालको सचिवालय बैठकले प्रकोपले क्षति पुर्याएका हरेक प्रदेशमा आवश्यकताअनुसार अप्ठ्यारोमा परेकाको उद्धारमा जुट्न आग्रह गरेको थियो । रिटर्नी फेडेरेशन नेपालले प्राकृतिक प्रकोपबाट पीडितहरूको यथाशीघ्र राहत र पुनर्निर्माण सहयोग गर्न सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते
-
नेपाल प्रिमियर लिग : प्रचण्ड र देउवाद्वारा उपाधि वितरण (तस्बिरहरु)
-
गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ
-
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री
-
निसम बने एनर्जेटिक प्लेयर, विपिन एमर्जिङ प्लेयर
-
नेपाल प्रिमियर लिगमा जेब बने प्रतियोगिताको उत्कृष्ट खेलाडी