शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडा–फाखेल–काठमाडौं सडक आइतबार दिउँसोबाट खुल्ने

शनिबार, १९ असोज २०८१, १९ : ०४
शनिबार, १९ असोज २०८१

हेटौँडा । बाढी र पहिरोले बन्द हेटौंडा–फाखेल–काठमाडौं सडक आइतबारबाट संचालनमा आउने भएको छ । गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति पु¥याएपछि अवरुद्ध रहेको हेटौँडा–फाखेल–काठमाडौं सडक आइतबार दिउँसोबाट सञ्चालनमा आउने भएको हो ।

३ स्थानमा डाइभर्सन गरेर सडक संचालनमा ल्याउने तयारी रहेको प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री अमन कुमार मास्केले जानकारी दिए । उनका अनुसार सो सडक खण्ड अन्तर्गत कुलेखानी ड्याम मुनिको पुल, महालक्ष्मी खोला पुल र महालक्ष्मी खोलाको कटान क्षेत्रमा डाइभर्सन निर्माण गरि सडक संचालनमा ल्याउने तयारी गरिएको हो ।

यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुस्करप्रसाद पोखरेलले फाखेल सडक खण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले भोली आइतबारबाट सडक संचालन आउने बताए ।
‘फाखेल सडक खण्ड भोली दिउँसो १ बजेबाट संचालन गर्ने विषयमा छलफल भएको छ । हामीले तत्काल यातायात संचालनका लागी आवस्यक पुर्वाधारहरु तयार पारेका छौ, उनले भने, ‘अब कुनै ठूलो समस्या नआए भोली आइतबार दिउँसोबाट सवारी साधान निर्वाध संचालन गर्न सकिन्छ ।’

निर्देशक पोखरेलले कुलेखानी ड्याम मुनिको पुलको पहँुच मार्ग भत्किएको भन्दा केही तलबाट डाइभर्सन निर्माण गरेको जानकारी दिए । उनले शनिवार रातिसम्ममा डाइभर्सनको काम पूर्णरुपमा सकिने बताए । माहालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवस्यकता अनुसार मर्मत र अप्ठ्यारो ठाउँहरुमा डाइभर्सन बनाएर बाटो क्लियर गरेको उनको भनाई छ ।

निर्देशक पोखरेलका अनुसार फाखेले सडक भएर शनिवार केहि मोटसाइकलाहरु सञ्चालनमा आएका छन् भने उक्त सडक खण्डमा फसेका सवारी साधानहरु समेत गन्तव्यतर्फ लागेका छन् । यता कुलेखानी सिस्नेरीतर्फको सडक संचालनका लागि भने सोमबारसम्मै कुर्नुपर्ने उनको भनाई छ ।

उक्त सडक खण्डमा बाढीले सडक बगाए ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भएपछि खोलाको बाटो भएर सवारी साधान संचालनको व्यवस्था मिलाउने काम भइरहेको पोखरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप