मन्त्री यादवको आग्रहपछि दक्षिणकाली नगरपालिकाले ललितपुरमा पठायो खानेपानी

काठमाडौँ । खोपानीमन्त्री प्रदीप यादवले आज दक्षिणकालीका जनप्रतिनिधी एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरि दिन आग्रह गरेपछि दक्षिणकाली नगरपालिकाले अहिले ललितपुरका लागि पानी पठाएको छ ।
आज दिनभरको प्रयासपछि भैँसेपाटीको ट्याङ्कीमा पनि पानी झर्न थालेको काठमाडौँ उपत्यका लिमिटेड (केयुकेएल) भैसीपाटीले जनाएको छ । दक्षिणकाली नगरपालिका र स्थानीयहरुसँग गरिएका कतिपय प्रतिवद्धता पूरा गर्न भने बाँकीनै रहेका र दसैँ लगत्तै गर्नु पर्ने केयुकेएलले जनाएको छ ।
मन्त्री यादवको आग्रहसँगै उक्त नगरपालिकाले आज साझदेखि ललितपुरका नागरिकका लागि दक्षिणकाली नगरपालिकाको कुटुरी मुहानबाट पानी पथान्तरण गरी काठमाडौँ उपत्यका लिमिटेड (केयुकेएल)भैसीपाटीको खानेपानी टयाङ्कीमा पानी अइपुगेको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्यले जानकारी दिइन् ।
उनले भने, “तत्काललाई दसैंसम्मलाई दक्षिणकाली नगरपालिकाले त्यहाँबाट पानी छोडिदिने पूर्णिमाको पर्सिपल्ट पुनः बैठक बसेर सम्पूर्ण क्षतिको लागत अनुमान तयारी गरी ललिपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका र केयुकेल बसेर के के काम गर्न सकिन्छ सो विषयमा सम्झौता पत्र तयार गरी हस्ताक्षर गर्ने सहमती भएको छ ।”
ललितपुरमा रहेको काठमाडौँ उपत्यका लिमिटेड (केयुकेएल) भैसीपाटीको खानेपानी टयाङ्कीमा पानी आइपुगेकाले अब चाडै यहाँका नागरिकलाई पानी बितरणको कार्य सुरु गरिने केयुकेएलका कार्यकारी निर्देशक अशोक पौडेलले बताए ।
खानेपानीमन्त्री प्रदीप यादव आज दक्षिणकाली नगरपालिमा पुगेर आफु राज्यको प्रतिनिधी भएकाले दक्षिणकालीमा बाढीपहिरो लगायतका बिपद्बाट नागरिकले भोग्नु परेका पीडा खानेपानीका समस्याहरु स्वयं आफ्ना पीडा भएको र त्यसको समस्या समाधानका लागि हरतरहले अग्रसर रहने प्रतिबद्धता जनाएपछि त्यहाँका जनप्रतिनिधि एवं स्थानीयले ललितपुरमा पानी पठाएको बताइएको छ ।
मन्त्री यादवले बाढीपहिरोका कारण दक्षिणकालीमा खानेपानीका भएका क्षतीको मर्मत सम्हारका लागि तत्काल काम थाल्न आफुले मातहतका निकाएलाई निर्देशन दिइसकेको र बाढीले भत्काएका र बिगारेका खानेपानीका मुहानहरुका काम सुचारु हुनेमा ढुक्क हुन समेत सबैमा आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलोपटक मनाइयो राष्ट्रिय याक दिवस
-
शेख हसिनाविरुद्ध बङ्गलादेशले माग्यो रेड कर्नर नोटिस
-
काठमाडौँ महानगरपालिकाले 'एनजी' आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने
-
प्रदर्शनमा देखिएनन् राप्रपाका शीर्ष नेता, विक्रम पाण्डे निषेधित घेरासम्म पुगेर फर्किए
-
तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन
-
६ वर्षमा १०औँ प्रमुख प्रशिक्षकको खोजीमा पाकिस्तान क्रिकेट बोर्ड