शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

शनिबार, १९ असोज २०८१, १८ : १२
शनिबार, १९ असोज २०८१

सिमकोट । यहाँस्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो ।  मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप