शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा शक्ति गौचन

शनिबार, १९ असोज २०८१, १८ : ०८
शनिबार, १९ असोज २०८१

काठमाडौँ । लुम्बिनी लायन्सले राष्ट्रिय क्रिकेट टिमका पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ । लुम्बिनी लायन्सका मालिक ईश्वर जिसी र शक्ति गौचनले आज  सम्झौता पत्रमा हस्ताक्षर गरे । 

यो सम्झौता एक वर्षको लागि गरिएको हो । भैरहवाका शक्तिलाई सुरुवातदेखि नै लुम्बिनीले आफ्नो टिममा अनुबन्धित गर्न अनुरोध गरेको टिमले जनाएको छ । 

लुम्बिनीसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको र नेपाल प्रिमियर लिग जस्तो मेगा इभेन्ट गरेकोमा शक्तिले नेपाल क्रिकेट संघ क्यानलाई धन्यवाद दिए । अब भोलि हुने अक्सन चुनौतीपूर्ण रहेको शक्तिले बताए । 

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको सफलतामा शक्ति गौचनको योगदान महत्त्वपूर्ण रहेको बताए । 

लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन् । लुम्बिनीको स्वामित्व फर्चुन हेल्थ केयर प्रालिसँग रहेको छ । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित नेपाल प्रिमियर लिग मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप