७ वर्षपछि निर्देशनमा फर्कँदै तुलसी घिमिरे

काठमाडौँ । करिब ७ वर्ष अगाडि ‘दर्पण छाया २’ बनाएका निर्देशक तुलसी अहिले बल्ल फिल्म बनाउने तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्, भने अन्य कलाकार छनौटको क्रममा छन् ।
महजोडी अर्थात् हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको समेत अभिनय रहन सक्ने फिल्म कार्त्तिकबाट फ्लोरमा जाने तयारीमा छ । ‘पहाड’ निर्देशक घिमिरेको २३ औँ फिल्म हुनेछ ।
उनी अझै दुईवटा फिल्म बनाउन चाहन्छन् । उनले हालै एक पोडकास्टमा निर्देशकले २५ वटा फिल्म निर्देशन गरेपछि वैतरणीका लागि गाई दान गर्नुपर्दैन भन्ने धारणा राखेका छन् । २५ पुर्याउने अठोट आफ्नो रहेको उनले बताएका थिए ।
‘बलिदान’, ‘दर्पण छाया’, ‘चिनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’ जस्ता एकसेएक सुपर हिट र यादगार फिल्म दिएका घिमिरे निर्देशित ‘दर्पण छाया २’ सन् २०१७ मा रिलिज भएको थियो ।
‘पहाड’लाई आगामी नयाँ वर्षमा रिलिज गर्ने उनको तयारी छ । पछिल्लो समय बढ्दो बसाइसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा उनले फिल्म बनाउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश