झरी

ए झरी, ए बाढी, ए बादल !
किन उसको छानो भत्काउन तम्सन्छस् ?
किन भिजाउँछस् उसका गुन्द्रीहरू ?
किन गलाउँछस् उसको सिरानी ?
तँलाई था छ ऊ भोको छ, ऊ नाङ्गो छ
यो जुनिभर उसको एउटा छानो छ
त्यही देखेर बारम्बार मरेको राज्यमा मरेको मान्छे मार्न किन आउँछस् ए वर्षा ?
आउनुपर्थ्यो तैँले उसको गरिबी मार्न
आउनुपर्थ्यो तैँले उसको गरिबी बगाउन
तर सधैँ छानो बगाउन मात्रै आउने ?
धिक्कार छ
एकातिर राज्यले मारेको छ
अर्कोतिर बाढीले बगाएको छ
न राज्य आफ्नो भयो
न त सरकारले सहानुभूति दियो ।
व्यवस्था बदलियो
अवस्था बदलिएन
आन्दोलनको ज्वारभाटा चल्यो
गरिबीको नारा धेरै घन्कियो
भाषण अभद्र चर्कियो
राँको बल्यो
समाचार छापियो
धनीहरू अझै धनी बने
गरिबको कोही भएन, केही भएन ।
घरी झरी हेर्छु
घरी झुपडी हेर्छु
एकनासले बर्सिरहेछ
छानो बगाउन तम्सिरहेछ।
न झरी रोकिन्छ
न त झुपडी तङ्ग्रिन्छ
दुवै झन् झन् कठोर बन्दै छन्
म एकनासले हेरिरहेछु गरिबीको नियति।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
-
गीत चोरी गरेको आरोपमा एआर रहमानलाई २ करोड जरिवाना
-
सरकार कहिले ढल्छ होइन, सातबुँदे कहिले कार्यान्वयन हुन्छ भनेर सोधौँ : धनराज गुरुङ
-
एसीमा कति समय बस्नु सुरक्षित छ?
-
बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री भण्डारी
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’