शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
कविता

चाणिकलाल

शनिबार, १९ असोज २०८१, १७ : ०४
शनिबार, १९ असोज २०८१

चाणिकलाल तिमी 
ज्यानको बाजी थापेर
हाम फाल्दै खोलामा
गर्‍यौ उद्धार तिमीले 
बग्दै गरेको मान्छेलाई 
हत्केलामा थापेर
बचायौ अस्पताल लगेर
पुनर्जीवन दियौ मान्छेलाई
तिम्रो चेतजस्तै 
फैलियोस् हामी सबैमा
मानवीय सहयोग गरेको तिमीले
सन्देश फैलियो विश्वमा
तिम्रो साहसिक योगदानले
प्रेरित गरोस् सबैलाई 
सलाम छ तीन करोडको 
हार्दिक बधाई तिमीलाई ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रीकृष्ण सिम्खडा
श्रीकृष्ण सिम्खडा
लेखकबाट थप