शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा ५ जना मृत फेला

शनिबार, १९ असोज २०८१, १६ : २५
शनिबार, १९ असोज २०८१

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ, काठमाडौँ महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने बारा घर भएका ६५ वर्षीय नागेश्वर साह आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

पाँचथर, फिदिम नगरपालिका-१२ भोटे गाउँस्थित भित्री सडकमा फालेलुङ गाउँपालिका-७ बस्ने ५५ वर्षीया देवी माया रिमाल (तामाङ) शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । 

झापा, बुद्धशान्ती गाउँपालिका-३ गोस लाईन बस्ने ६९ वर्षीय धन बहादुर कुमाल सोही ठाउँस्थित सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

धनकुटा, सहिदाभुमि गाउँपालिका-४ बस्ने २७ वर्षीय लुरे भन्ने ताईजन बिक सोही गाउँपालिका-४ खोकु नस्पती चोकस्थित सडक छेउमा गए राति  मृत अवस्थामा फेला परेका छन् । 

रूपन्देही, देवदह नगरपालिका-१२ सरदारपुरस्थित रोहिणी खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप