जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
शनिबार, १९ असोज २०८१, १६ : २०
![जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest-jail-group-cartoon_7ectnfd90S.jpg)
काठमाडौँ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने चेतनारायण धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय अनिल नेपाली समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५ सय ८५ रुपैयाँ, २ बुक र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
- कैलाली, जानकी गाउँपालिका-२ बढरिया बस्ने धन बहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय जगत साउद समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
- तनहुँ, म्याग्दे गाउँपालिका-३ पसले घुमाउने चौतारास्थित किरियापुत्री भवनको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय जित बहादुर दर्लामी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी
-
खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग