शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

‘मुटुमै गाँसेको साइनो’ सुन्दर र विनीताको अभिनय

शनिबार, १९ असोज २०८१

काठमाडौँ । टेक बीसीको स्वरमा रहेको ‘मुटुमै गाँसेको साइनो’ गीत सार्वजनिक भएको छ । भीम बीसीको सङ्गीत, हरिभक्त बुढाथोकीको शब्द र विश्व अधिकारीको एरेञ्ज छ । गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । 

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनीता घलान र विकाश बुढाथोकीको अभिनय छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ ।

प्रकाश खड्काको छायाङ्कन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया