शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

माओवादी र नेतृत्वप्रति जनतामा नयाँ आशा पलाएको छ : प्रचण्ड

शनिबार, १९ असोज २०८१, १६ : ०९
शनिबार, १९ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिएपछि माओवादी र नेतृत्वप्रति नयाँ आशा पलाएको बताएका छन्  शनिवार माओवादीको काठमाडौँ दोलखा सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यो पटक जनताले नयाँ शिराबाट माओवादीलाई साथ दिने मनसाय बनाएको दाबी गरे । 

प्रचण्डले भने–‘यो पटक सरकारबाट हट्दै गर्दा हाम्रो पार्टी प्रति, हाम्रो नेतृत्व प्रति आम जनतामा एउटा नयाँ आशा, एउटा नयाँ भरोसा र एउटा नयाँ आकर्षण पैदा भएको छ । सायद तपाईँहरूले पनि महसुस गर्नुभएकै होला । यो पटक साँच्चै जनताले पार्टीलाई, नेतृत्वलाई, हाम्रो राजनीति र विचारलाई नयाँ शिराबाट जनताले फेरी एकचोटि साथ दिने सरसल्लाह गरेका छन् ।’

उनले आफू पूर्व जाँदा वा मधेस जाँदा जनताले साथ दिन्छु भनेको उल्लेख गरे । आफू संयुक्त राष्ट्रसंघ जाँदा, इटलीको रोम र भारतमा जाँदा अन्तर्राष्ट्रिय मञ्चमा माओवादीको भूमिकाको खोजी हुन थालेको दाबी गरे । यो विषय माओवादी र जनताका लागि खुसीको कुरा भएको बताए । उनले माओवादीले फेरी देश र जनताको नेतृत्व गर्ने, प्रधानमन्त्री बन्नु मात्र देशको नेतृत्व नभएकोले सरकार बाहिर रहेर देश र जनताको नेतृत्व गर्ने बताए । सरकारबाट बाहिरिएपछि आफूमा जोश जाँगर बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशभरि अझै बढी सक्रिय भएर हिँडेको बताए । बालुवाटारमा बस्दा ऐन कानुन अनेक झमेलामा व्यस्त हुने गरेकोमा अहिले स्वतन्त्र रूपमा जनतामा जान पाएको उल्लेख गरे । 

देश जतिबेला अप्ठेरो पर्छ त्यतिबेला निकास दिनका लागि माओवादीले युगान्तकारी भूमिका खेल्दै आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप