शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम रोयल्सको सीईओमा खड्का नियुक्त

शनिबार, १९ असोज २०८१, १६ : ०६
शनिबार, १९ असोज २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले प्रकाश खड्कालाई सीईओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र खड्काबिच शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

खड्का लामो समयदेखि क्रिकेट व्यवस्थापनमा सक्रिय रहेका छन् । उनी घरेलु क्रिकेटको धनगढी प्रिमियर लिगमा १० वर्ष निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। सुदूरपश्चिमको पहिचान बोकेर एनपीएलमा सुदूरपश्चिम टोलीको साथ दिन पाउँदा खुसी लागेको खड्काले बताए । 

टोलीले बिहीवार ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमाटा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप