सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

रु १२ करोड लागतमा ट्रमा सेन्टर

शनिबार, १९ असोज २०८१, १५ : २९
शनिबार, १९ असोज २०८१

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौँबाहिर पहिलो  ट्रमा सेन्टरको निर्माण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब रु  १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निर्माण कार्य सुरु भएको हो । 

नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याएको बताए ।  ट्रमा सेन्टर निर्माण पश्चात्  जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । 

डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निर्माण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप