कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ ः उपाध्यक्ष घिमिरे

सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिएकी छिन् ।
सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी हुन् ।
उपाध्यक्ष घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो सम्भावना भए पनि आयातमा निर्भर रहनु विडम्बना भएको बताउँदै सबै खाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्छ भनिन् ।
‘नेपालमा कृषि उत्पादन बढाउने सम्भावना छ तर उत्पादन वृद्धि र आयात प्रतिस्थापन प्रमुख चुनौतीको रूपमा देखिएको छ’, उनले भनिन् ‘खाद्यान्न, फलफूल, दूध र मासु उत्पादन बढाउन सकेमा वैदेशिक व्यापार घाटा धेरै घटेर जानेछ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने हुनुपर्छ उनको भनाइ थियो ।
प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैँसीका विकास कार्यक्रमको अनुगमन गरेकी थिइन । साथै उनले अनुसन्धान केन्द्रले सीमित स्रोत साधनको बाबजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सरहना गर्दै समस्याहरू समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाइन् ।
अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइरालालगायत स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए । अनुसन्धान केन्द्रका प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट विकास कार्यालयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डद्वारा रिंकु सदाको मृत्युबारे प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल
-
नेपाल र जापानबिचको सम्बन्ध झन् घनिष्ट : उपराष्ट्रपति यादव
-
कांग्रेस नेता शेखर कोइराला रुपन्देहीमा
-
नेपाल बार निर्वाचन : सर्वोच्च बारकै गठबन्धन कि कांग्रेस एक्लै ?
-
उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले सिकायो : उपमहासचिव ज्ञवाली
-
क्रिप्टोकरेन्सी ठगी मुद्दामा तमन्ना र काजलसँग जवाफ माग