हामी कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् । श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए ।
शनिवार संवाद डबलीमा ‘नेपाल–भेनेजुएला मैत्री सङ्घ’ को घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले भेनेजुएलामा कस्तो शासन बन्छ, त्यो अरूको चासो नभएर भेनेजुएलाका जनताले कस्तो शासन चाहन्छन् भन्ने मुख्य कुरा भएको बताए । उनले कुनै पनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत रहेको बताए ।
आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिविद्धताबारे अन्य देशहरूले भेनेजुएलाबाट सिक्नुपर्ने समेत बताउँदै श्रेष्ठले पूर्वराष्ट्रपति चावेजविरुद्ध विगतमा देशी तथा विदेशी शक्तिको हस्तक्षेपलाई जनताले परास्त पारेको समेत बताए ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरू देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले संविधानका प्रावधानहरूलाई पकडेर समाजवादमा पुग्न सकिने दाबी समेत गरे ।
संघका अध्यक्ष नहेन्द्र खड्काले नेपाल र भेनेजुएलाबिचको सम्बन्धलाई जनस्तरमा पुर्याउन संघले भूमिका खेल्ने बताए । चौतर्फी घेराबन्दीबिच भेनेजुएलाका जनताले आफूले रोजेको शासन र नेतृत्वको रक्षाको लागि कसैसँग सम्झौता नगरेको बताउँदै खड्काले त्यसबाट अरूले पाठ सिक्नुपर्ने बताए ।
संघका महासचिव फणिन्द्रराज पन्तले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष चिरागमानसिंह कुँवर, उपाध्यक्ष राविराम शर्मा, उपमहासचिव राजन कार्की, कोषाध्यक्ष लक्ष्मी अधिकारीले नेपाल र भेनेजुएलाबिचको सम्बन्ध जनस्तरसम्म पुर्याउने पर्नेमा जोड दिएका थिए ।
संघको अर्का उपाध्यक्षमा मोहन गौतम, सदस्यमा कृष्ण गिरी, दामोदर पौडेल, हेमन्त भट्टराई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
-
उत्तरआधुनिक अन्तरेपथ
-
‘धरान रन’को उपाधि केन्याली धावकलाई