शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

दसैँ लागेसँगै शक्तिपीठमा दर्शनार्थीको भीड (तस्बिरहरु)

शनिबार, १९ असोज २०८१, १४ : ३८
शनिबार, १९ असोज २०८१

काठमाडौँ । दसैँ सुरु भएसँगै शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लागेको छ । काठमाडौँ उपत्यकाका विभिन्न मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको हो ।  काठमाडौँ उपत्यकाको भद्रकाली, नरदेवी, शोभा भगवती, पशुपति, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्शाल भगवतीमा भक्तजनहरुको भीड रहेको छ । यस वर्ष असोज १७ गतेबाट घटस्थापनासँगै जमरा राखेर दसैँलाई स्वागत गरिएको छ । 

shaktipith (1)

आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरिन्छ । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो ।  दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो व्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।

shaktipith (2)

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्वीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

shaktipith (3)

नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । र्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

shaktipith (4)shaktipith (5)shaktipith (6)shaktipith (7)shaktipith (8)shaktipith (9)shaktipith (10)shaktipith (11)shaktipith (12)shaktipith (13)shaktipith (14)shaktipith (15)shaktipith (16)shaktipith (17)shaktipith (18)shaktipith (19)shaktipith (20)shaktipith (21)shaktipith (22)shaktipith (23)shaktipith (24)shaktipith (25)shaktipith (26)shaktipith (27)shaktipith (28)shaktipith (29)shaktipith (30)shaktipith (31)shaktipith (42)shaktipith (43)shaktipithshakti-pithshaktipith (33)shaktipith (34)shaktipith (35)shaktipith (36)shaktipith (37)shaktipith (38)shaktipith (39)shaktipith (40)shaktipith (41)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप