बाबुको हँसिया प्रहारबाट २७ वर्षीय युवकको मृत्यु
शनिबार, १९ असोज २०८१, १३ : २५
लमजुङ । मदिराले मातेका बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए ।
त्यसपछि उनीहरूबिच विवाद भएको थियो । सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ ।
मृतककी एक छोरी र श्रीमती छन् । समयमा अस्पताल पुफ्याउन सकिएको भए निजको ज्यान जोगिन सक्ने तामाङका छिमेकीले बताएका छन् । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजाने क्रममा आज बिहान मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुटुमै गाँसेको साइनो’ सुन्दर र विनीताको अभिनय
-
माओवादी र नेतृत्वप्रति जनतामा नयाँ आशा पलाएको छ : प्रचण्ड
-
सुदूरपश्चिम रोयल्सको सीईओमा खड्का नियुक्त
-
चचहुई : दसैँमा पिङमा रमाउँदै, तस्बिरहरू
-
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
-
तनहुँ : छ महिनामा चार अजिङ्गरको उद्धार