बागमती प्रदेश सरकारले चणिकलाललाई १ लाख ५० हजारसहित सम्मान गर्ने

हेटौँडा । बागमती प्रदेश सरकारले चणिकलाल तामाङलाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
गत असोज १२ मा नख्खु खोलामा आएको बाढीमा पसेका २ जनाको जीवन रक्षा गरेको भन्दै उनलाई प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावली अनुसार ३ वटा समितिहरु गठन गरेको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा राजनीतिक समिति, आन्तरिक मालिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वम प्रशासन तथा विधेयक समिति र कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरिएको छ । उक्त समितिहरुमा विभागीय मन्त्रीहरुलाई सदस्य राखिएको छ ।
बैठकले जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको छ । बैठकले नुवाकोटमा कार्यालय स्थापना गर्ने र सो कार्यालयले नुवाकोट र रसुवा हेर्नेगरी कर्मचारी व्यवस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
-
सूचना प्रविधि पढेका रोशन : १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै
-
‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दा–बोल्दै उनको प्राण गयो