शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
आन्दोलन

पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रु बिचको वार्ता सकारात्मक

शनिबार, १९ असोज २०८१, १२ : ४२
शनिबार, १९ असोज २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । विमान परिचालकहरूको आन्दोलन पछि दुबई र हङकङका दुई वटा उडान रद्द भएका थिए ।

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक र परिचारिका) हडतालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन् ।

छलफलका कममा मन्त्री पाण्डेले भने, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछु‌ट्टै आदेश दिएको छ। उक्त विषय अदालतले अन्तिम टुङ्गो लगाएको छैन। यसबिचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन,  यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्‌छौ। चाडबाड र सङ्कटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’

मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरूले भने आजै पुनः छलफल गरेर काममा फर्किने गरी टुङ्गोमा पुग्ने विश्वास दिलाएका छन् । निगममा  कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रु को करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप