आइपुग्यो दसैँको खसी बोका, तस्बिरहरू
![आइपुग्यो दसैँको खसी बोका, तस्बिरहरू](https://npcdn.ratopati.com/media/news/khasi-boka_G7jzjOmleO.jpg)
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि किलोमा १० रुपैयाँ छुटसहित खसी, बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खसी बोका र च्याङ्ग्रालाई संस्थानको कार्यालय थापाथलीमा ल्याएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बेच्नका लागि मकवानपुरबाट २०८ वटा खसी बोका ल्याइएको हो । कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको छ । च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२३० रुपैयाँमा बेच्ने भएको छ।
गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो ।
कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ । नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक