शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा बस दुर्घटना, ७ जनाको मृत्यु

शनिबार, १९ असोज २०८१, ११ : २३
शनिबार, १९ असोज २०८१

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एउटा बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको ब्रुअरी बाइपास क्षेत्र नजिकै विवाह पाहुनाहरू बोकेको बस गहिरो खाल्डोमा खस्दा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य ५९ जना घाइते भएको प्रान्तीय स्वास्थ्य मन्त्रालयका मिडिया संयोजक वसीम बेगले बताए । 

घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको अधिकारीले जानकारी दिँदै दुर्भाग्यपूर्ण दुर्घटनाको शिकार हुनेमा महिला र बालबालिका रहेको बताए । प्रारम्भिक अनुसन्धानमा गाडीको टायर फुटेर सडकबाट खसेर दुर्घटना भएको इलाका प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो ।

 पाकिस्तानमा मुख्यतया खराब सडक, खराब मर्मत गरिएको सवारी साधन र अव्यवसायिक सवारीका कारण सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप