मधुमेह रोगीका लागि विषसरी हुन् यी खानेकुरा, बिर्सेर पनि नखानुहोस्

संसारभरी मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मानिसहरुको जीवनलाई सजिलो त बनाएको छ तर यसले मधुमेहजस्ता रोगलाई पनि उपहारको रुपमा दिएको छ । यो एक दीर्घरोग हो । यसलाई नियन्त्रणमा राख्न सकिन्छ तर कहिले निको पार्न भने सकिँदैन ।
गुलियो खानेकुराबाट टाढै रहनुहोस्ः
हुन त धेरै मानिसलाई गुलियो मनपर्दैन तर पनि मधुमेहजस्तो रोगले उनीहरुलाई नै सताएको हुन्छ । मधुमेह गुलियो खानेकुरा खाँदा हुने होइन तर एकपटक मधुमेह लागेपछि गुलियो खानेकुराबाट टाढै रहनुपर्छ । त्यसकारण गुलियो खानबाट बच्नुहोस् ।
जमिनभित्र फल्ने खानेकुराः
जमिनभित्र फल्ने आलु, शख्खरखण्डलगायतका खानेकुराबाट बच्नुहोस् । सक्नुहुन्छ भने खाँदै नखानुहोस् र यदि सक्नुहुन्न भने निकै कम मात्रामा यसको सेवन गर्नुहोस् ।
जंक फूडबाट टाढै रहनुहोस्ः
जंक फूड खाँदै नखानुहोस् । यसले मधुमेहको खतरा थप बढाउँछख । साथै, तारेको, भुटेको खानेकुरा नखानुहोस् । टुसा उम्रेको खानेकुरालाई उसिनेर खानुहोस् ।
बोसोयुक्त भोजन नगर्नुहोस्ः
मधुमेह बढ्नबाट रोक्न चाहनुहुन्छ भने बोसोयुक्त खानेकुरा नखानुहोस् । यस्ता खानेकुरा र कार्बोहाइडड्रेटयुक्त खानाले मधुमेहलाई थप बढाउँछ ।
भात नखानुहोस्ः
यदि तपाईं दैनिक सेतो चामलको भात खानुहुन्छ भने तपाईंलाई टाइप–टु मधुमेहको खतरा सामान्यभन्दा ११ प्रतिशत बढि हुन्छ । भात पकाउने विधि र यससँग खाने अन्य खानेकुरामा यसले पुर्याउने फाइदा र हानीबारे निर्भर हुन्छ । यदि भातसँगै मासु वा सोयाबिन खाइन्छ भने मधुमेहको खतरा धेरै रहन्छ किनभने यसले शरिरमा रगतमा चीनीको मात्रामा असर पुर्याउन सक्छ ।
यी फलफूलबाट टाढै रहनुहोस्ः
केरा, आँप, लिचीजस्ता फलफूल नखानुहोस् वा निकै कम मात्रामा खानुहोस् ।
यसबाट पनि टाढा रहनुहोस्ः
यदि तपाईंलाई मधुमेह छ भने आइसक्रिम, केक, पेष्ट्रि आदिबाट टाढै रहनुहोस् । यी खानेकुरा तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।