मधुमेह रोगीका लागि विषसरी हुन् यी खानेकुरा, बिर्सेर पनि नखानुहोस्
संसारभरी मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मानिसहरुको जीवनलाई सजिलो त बनाएको छ तर यसले मधुमेहजस्ता रोगलाई पनि उपहारको रुपमा दिएको छ । यो एक दीर्घरोग हो । यसलाई नियन्त्रणमा राख्न सकिन्छ तर कहिले निको पार्न भने सकिँदैन ।
गुलियो खानेकुराबाट टाढै रहनुहोस्ः
हुन त धेरै मानिसलाई गुलियो मनपर्दैन तर पनि मधुमेहजस्तो रोगले उनीहरुलाई नै सताएको हुन्छ । मधुमेह गुलियो खानेकुरा खाँदा हुने होइन तर एकपटक मधुमेह लागेपछि गुलियो खानेकुराबाट टाढै रहनुपर्छ । त्यसकारण गुलियो खानबाट बच्नुहोस् ।
जमिनभित्र फल्ने खानेकुराः
जमिनभित्र फल्ने आलु, शख्खरखण्डलगायतका खानेकुराबाट बच्नुहोस् । सक्नुहुन्छ भने खाँदै नखानुहोस् र यदि सक्नुहुन्न भने निकै कम मात्रामा यसको सेवन गर्नुहोस् ।
जंक फूडबाट टाढै रहनुहोस्ः
जंक फूड खाँदै नखानुहोस् । यसले मधुमेहको खतरा थप बढाउँछख । साथै, तारेको, भुटेको खानेकुरा नखानुहोस् । टुसा उम्रेको खानेकुरालाई उसिनेर खानुहोस् ।
बोसोयुक्त भोजन नगर्नुहोस्ः
मधुमेह बढ्नबाट रोक्न चाहनुहुन्छ भने बोसोयुक्त खानेकुरा नखानुहोस् । यस्ता खानेकुरा र कार्बोहाइडड्रेटयुक्त खानाले मधुमेहलाई थप बढाउँछ ।
भात नखानुहोस्ः
यदि तपाईं दैनिक सेतो चामलको भात खानुहुन्छ भने तपाईंलाई टाइप–टु मधुमेहको खतरा सामान्यभन्दा ११ प्रतिशत बढि हुन्छ । भात पकाउने विधि र यससँग खाने अन्य खानेकुरामा यसले पुर्याउने फाइदा र हानीबारे निर्भर हुन्छ । यदि भातसँगै मासु वा सोयाबिन खाइन्छ भने मधुमेहको खतरा धेरै रहन्छ किनभने यसले शरिरमा रगतमा चीनीको मात्रामा असर पुर्याउन सक्छ ।
यी फलफूलबाट टाढै रहनुहोस्ः
केरा, आँप, लिचीजस्ता फलफूल नखानुहोस् वा निकै कम मात्रामा खानुहोस् ।
यसबाट पनि टाढा रहनुहोस्ः
यदि तपाईंलाई मधुमेह छ भने आइसक्रिम, केक, पेष्ट्रि आदिबाट टाढै रहनुहोस् । यी खानेकुरा तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण