शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

शनिबार, १९ असोज २०८१, १० : २७
शनिबार, १९ असोज २०८१

काठमाडौँ । काठमाडौँबाट लमजुङ जाँदै गरेको सुपर दोर्दीको हायलक्स गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । 

दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङ जाने तयारीमा थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप