गोविन्दा अस्पतालबाट डिस्चार्ज

मुम्बई । अभिनेता गोविन्दाको खुट्टामा गत मंगलबार बिहान गोली लागेको थियो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार गोविन्दा चिकित्सकको निगरानीमा अस्पतालमा ३ दिन बिताएपछि डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएपछि गोविन्दाले घटनाको रात उल्लेख गरेका छन् । उनले भने- के भयो मलाई पत्यार लागेन । म एक कार्यक्रमको लागि कोलकाता जाँदै थिएँ। समय बिहानको ५ बजेको थियो । रिभल्भर सफा गर्न थालेँ । गल्तीले ट्रिगर दब्यो। गोली सीधै खुट्टामा लागेपछि खुट्टाबाट रगतको फोहोरा बग्न थाल्यो । मैले भिडियो आफैँ रेकर्ड गरेर मेरो डाक्टरलाई पठाए। अब म भन्छु यस्तो मामिलामा सावधानी अपनाउनु पर्छ। म यो सुनिश्चित गर्नेछु कि यो कसैलाई नहोस्।
गोविन्दले थपे- म मुख्यमन्त्री एकनाथ शिन्दे, पुलिस प्रशासन, प्रेस र मेरा सबै फ्यानहरूलाई धन्यवाद दिन्छु। तपाईं सबैको प्रार्थनाको कारण, म निको भएर फर्केको छु। जहाँ जहाँ मेरो लागि प्रार्थना गरियो, म ती सबैलाई हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।
उनकी सुनिताले भनिन्, ‘श्रीमान् निको भएर घर फर्किनु योभन्दा राम्रो के हुन सक्छ । सबैको आशीर्वाद र फ्यानहरूको मायाले सर पूर्णरुपमा निको हुनुभएको छ । म भन्न चाहन्छु कि केही महिना पछि सर पनि फेरि नाच्न थाल्नुहुन्छ।’
अक्टोबर १ गते बिहान घरमा एक्लै रहेका गोविन्दले रिभल्भर सफा गर्ने क्रममा गोली चल्दा उनको खुट्टामा लागेको थियो । यसपछि उनलाई मुम्बईको क्रिटी केयर अस्पतालमा भर्ना गरिएको थियो, जहाँ शल्यक्रियापछि अभिनेताको खुट्टाबाट गोली निकालिएको थियो । यो दुर्घटना हुँदा उनकी श्रीमती सुनिता आहुजा जयपुरमा थिइन् । यो खबर सुनेपछि उनी मुम्बई फर्किइन् ।
गोविन्दा सो बिहान ६ बजेको फ्लाइटबाट कोलकाता जाने कार्यक्रम थियो । तर, बिहान ५ बजे दराजमा राखेको रिभल्भर सफा गर्ने क्रममा दुर्घटना हुन पुग्यो । गोविन्दाको घुँडा मुनि गोली लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ
-
लैङ्गिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी
-
खगेन्द्र र वर्षाको फिल्म ‘हर्ष’ को शुभमूहूर्त
-
मोटोपनले वार्षिक तीन लाख मानिसको मृत्यु, कसरी बच्ने त ?
-
राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
-
केही घण्टाका लागि किन काठमाडौँ आए प्रचण्ड ?