शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

घटाइयो पोग्बामाथिको प्रतिबन्ध

शनिबार, १९ असोज २०८१, ०८ : २९
शनिबार, १९ असोज २०८१

पेरिस । डोपिङमा असफलपछि पाउल पोग्बामाथि लगाइएको ४ वर्षको प्रतिबन्ध १८ महिनामा घटाइएको छ । कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) मा गरिएको अपिलपछि यो निर्णय गरिएको हो ।

योसँगै ३१ वर्षीय युभेन्टसका मिडफिल्डरले जनवरी २०२५ देखि प्रशिक्षण सुरु गर्न सक्ने तथा मार्चदेखि खेलमा फर्कन पाउने बताइएको छ । परीक्षणमा फ्रान्सेली खेलाडीको टेस्टोस्ट्रोनको मात्रा बढी रहेको पाइएपछि गत फेब्रुअरीमा इटालीको नेसनल एन्टी डोपिङ ट्रिबुनलले उनलाई निलम्बन गरेको थियो ।

सीएएसका महानिर्देशक म्याथ्यु रिबले ११ सेप्टेम्बर, २०२३ देखि लागु भएको उनको प्रतिबन्ध १८ महिनामा झारिएको पुष्टि गरे । यता, एक विज्ञप्ति जारी गर्दै पोग्बाले आफ्नो ‘दुःस्वप्न’ अन्त्य भएको र आफ्नो सपना पुनः पछ्याउन पर्खिरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप