शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
चाडपर्व

नवरात्रि : आश्विन शुक्ल तृतीयाको पूजाविधि

शनिबार, १९ असोज २०८१

ॐ 
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । 
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।

आज हामी नवरात्रिको तेस्रो दिन अर्थात् आश्विन शुक्ल तृतीयाको पूजाविधि सम्बन्धमा चर्चा गर्नेछौँ । 

सर्वप्रथम कुरा गरौँ, तिथि र मितिबारे । २०८१ आश्विन महिनाको १९ गते तृतीया तिथि परेको छ । यस दिन सदाजस्तै बिहान ब्रह्म मुहूर्तमा उठेर स्नान गर्नुपर्छ । स्नानपश्चात् शुद्ध र पवित्र वस्तुहरू धारण गरेर पूजाकोठामा प्रवेश गर्नुहोस् । शुद्ध पवित्र आसनमा बस्नुहोस् । आफ्ना अगाडि एक भाग सामान्य पूजासामग्री, पञ्चपात्र, आचमनी, कर्मपात्र, पञ्चामृत, फूलहरू, मालाहरू, चढाउने नैवेद्य लगायत सबै सामग्री तयार पारेर राख्नुहोस् । पूजा गर्दा निम्न मन्त्र भनेर तीनपटक आचमन गर्नुहोस् ।

‘ॐ माधवाय नमः स्वाहा ।
ॐ केशवाय नमः स्वाहा ।
ॐ नारायणाय नमः स्वाहा ।
ॐ गोविन्दाय नमः स्वाहा ।’

त्यसपछि एकपटक हात धुनुपर्छ । अब कर्मपात्रको पूजा गर्नुपर्छ । हातमा जौ, तिल, कुश, जल लिएर सबैतिर सेचन गर्नुहोस् । 

‘ॐ कर्मपात्राय नमः ।’ भनेर कर्मपात्रको पूजा गर्नुहोस् । 
कर्मपात्रको जल सबैतिर सेचन गर्नुहोस् । त्यसपछि कुशको टुक्रालाई भुईंमा राख्नुस् । 
अब पालो आउँछ, अर्घको पूजा गर्ने । 

कुशको अग्रभाग, दही, सस्र्यू, दुबो, सिंगो फल लगायत राखेर अर्घको निर्माण गर्नुपर्छ । 
ॐ अर्घाय नमः ।
ॐ अर्घपात्राय नमः ।’ 
भन्दै अर्घको पूजा गर्नुहोस् । त्यो अर्घको जललाई सूर्य भगवान्लाई अर्पण गर्नुपर्छ । 


‘ॐ सूर्य नारायणाय नमः ।’ भनेर सूर्य भगवानको दर्शन गर्नुहोस् । त्यो अर्घको जल सूर्य भगवानलाई अर्पण गर्नुहोस् ।
अब पालो आउँछ, दियोको पूजा गर्ने ।
सबैभन्दा पहिला ‘ॐ दीप नारायणाय नमः’ भन्दै पूजा गर्नुहोस् । 

त्यसपछि—
आशनं समर्पयामि दीप नारायणाय नमः ।
पाद्यं समर्पयामि दीप नारायणाय नमः ।
अघ्र्यं समर्पयामि दीप नारायणाय नमः ।
आचमन्यं समर्पयामि दीप नारायणाय नमः । 
पञ्चामृतम् समर्पयामि दीप नारायणाय नमः ।
शुद्धोदक स्नानं समर्पयामि दीप नारायणाय नमः । 
भनेर सबै कुरा अर्पण गर्नुहोस्— चन्दन, फूल अक्षता, जौ–तिल, लाभा ।
त्यसपछि जौ–तिल र फूल लिएर दियोको प्रार्थना गर्नुहोस् ।
दियोको प्रार्थना गर्ने मन्त्र यस प्रकार रहेको छ—
ॐ शुभम् भवतु कल्याणम् आरोग्यम् धन संपदा ।
ममः पाप बिनासाय दीपज्योर्तिनमोऽस्तुते ।।
भन्दै दीप नारायणको प्रार्थना गर्नुहोस् ।’

अब स्थापना गरेर राखेको ईशान कलशलाई फूल अक्षता चढाएर पूजा गर्नुहोस् । 
त्यसपछि—
आशनं समर्पयामि वरुण कलश नमः । 
पाद्यं समर्पयामि वरुण कलश गरुडाय नमः ।
अघ्र्यं समर्पयामि वरुण कलश गरुडाय नमः । 
आचमन्यं समर्पयामि वरुण कलश गरुडाय नमः । 
पञ्चामृतम् समर्पयामि वरुण कलश गरुडाय नमः ।
शुद्धोदक स्नानं समर्पयामि वरुण कलश नमः । 
भनेर आफूसँग भएका सम्पूर्ण सामग्रीले वरुण कलशको पूजा गरेर अन्तिममा प्रार्थना गर्नुहोस्—

‘हे वरुण देवता ! मैले जानी–नजानी हजुरको पूजाअर्चना गरेँ, केही भुलचुक भएको रहेछ भने मलाई माफ गरिदिनुहोस् ।’ 
यसपछि कलशलाई फूल–अक्षता चढाउनुहोस् ।
अब पालो आउँछ, गणेश भगवान्को पूजाअर्चना गर्ने । 
नुहाइधुवाइ गरेर सफा गरेको गणेश भगवानको मूतिलाई— 
आशनं समर्पयामि गम गणपताय नमः ।
पाद्यं समर्पयामि गम गणपताय नमः ।
अर्घं समर्पयामि गम गणपताय नमः ।
आचमन्यं समर्पयामि गम गणपताय नमः ।
पञ्चामृतं समर्पयामि गम गणपताय नमः ।
शुद्धोतक स्नानं समर्पयामि गम गणपताय नमः ।

इदं चन्दनो लेपनम, अबीरकम् इत्यिाक्षता जवानतीलम् पुष्पाणी समर्पयामि 
भन्दै चन्दन, फूल, अक्षता, जौ तिल, सिन्दुर, लाभा सबै कुरा अर्पण गर्नुहोस् । गणेश भगवानको पूजा अर्चना गर्दा नभइनहुने कुरा भनेको दुबो हो । दुबोविना गणेश भगवानको पूजा कहिले पनि पूर्ण हुँदैन । सकिन्छ भने २१ मुन्टा दुबो चढाउनुहोस् । 

आरती र पुष्पाञ्जली गरेपछि अन्तिममा जौ–तिल, फूल लिएर प्रार्थना गर्नुहोस्— हे चन्द्रघन्टा माता, मैले आज हजुरको जानी–नजानीकन पूजा अर्चना गरेको छु । केही भुलचुक भएछ भने मलाई क्षमा गरिदिनुहोला ।

समीका पातहरूको ठुलो महिना गणेश पुराणमा वर्णन गरिएका छन् । गणेश भगवानलाई समीको पात चढायौँ भने एक किलो सुन चढाए बराबरको पुण्य प्राप्ति हुन्छ भनेर गणेश पुराणमा उल्लेख गरिएको छ ।

समीका पातहरू अर्पण गर्नुहोस् । पान, मसला, मेवा, मिठाईहरू र तिलका लड्डुहरू चढाउनुहोस् गणेश भगवानलाई २१ वटा तिलको लड्डु चढाउनुपर्छ । अन्तिममा गएर जौ–तिल, अक्षता लिएर प्रार्थना गर्नुहोस् ।

ॐ वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।
भनेर गणेश भगवानको प्रार्थना गर्नुपर्छ ।

अब जहाँ नवदुर्गा भगवतीको स्थापना गरेका छौँ, त्यहाँ नवदुर्गा भगवतीको मूर्तिलाई सफासँग स्थापना गर्नुपर्छ । अघिल्लो दिन चढाएका, ओइलिएका फूलहरू झिकेर चोखो ठाउँमा लगेर सेलाइदिनुहोस् । यति मात्रै हो कि कलशको जललाई मात्रै सेलाउन मिल्दैन । थालीहरूलाई फेर्न मिल्दैन । पहिलो दिन जुन थाली, जुन कलश, जुन दियो राखेका छौँ, त्यही थाली, कलश र दियोलाई नौ दिनसम्म राखेर विधिवत् पूजा अर्चना गर्नुपर्छ ।

सबैभन्दा पहिला तेस्रो दिनमा चन्द्रघन्टा भगवती देवीको पूजा अर्चना गर्छौं । चन्द्रघन्टा देवीको प्रार्थना गर्नुपर्छ— हे आमा मैले जानी नजानीकन हजुरको पूजा अर्चना गर्दैै छु । कुनै भुलचुक भयो भने मलाई माफ गरिदिनुहोला भनेर ध्यान गर्ने, आशनं अर्थात् कुशको टुक्रा अर्पण गर्ने, पाद्यं अर्थात् पाउ धुनले जल अर्पण गर्ने । 

‘अर्घं समर्पयामि ॐ ब्रह्मचारिणी भगवती दुर्गा देव्यै नमः ।’ भनेर अर्घको जल, आचमन्यं शुद्धोतक स्नानं समर्पयामि भनेर सबै कुरा अर्पण गर्नुहोस् । 

विधिवत् रूपमा पञ्चोपचारबाट पूजा गर्ने । अब चन्द्रघन्टा मातालाई रातो वस्त्र अर्पण गर्ने, चन्दन अर्पण गर्ने, सिन्दुर अर्पण गर्ने, जौंतिल अर्पण गर्नुहोस् । त्यसपछि फूलको मालाहरूले देवीलाई सिंगारिदिनुहोस् । अंग पूजा गर्ने ।

तेस्रो दिनमा पूजा गर्दा चाहिने अत्यावश्यक सामग्रीमा दर्पण अर्थात् ऐना चढाउनुपर्छ, सिन्दुर चढाउनुपर्छ, कज्जलम् अर्थात् गाजल नभई हुन्न । यस प्रकार सौभाग्यमा यी कुरा थपेर अर्पण गर्नुपर्छ । धुपबत्ती गरिदिने । नैवेद्यहरू, जे जे पकवानहरू छन् सबै चढाइदिने ।

यसपछि एक आचमनी जल अर्पण गर्नुपर्छ । दक्षिणा द्रव्य, भेटीहरू अर्पण गर्नुपर्छ । अब चमर पंखा लिएर— हे माता, मैले जस्तो जाने त्यस्तै गरी हजुरको सेवा गरेँ, कुनै भुलचुक भएछ भने मलाई माफ गरिदिनुस् भन्दै माफी माग्ने ।

आरती र पुष्पाञ्जली गरेपछि अन्तिममा जौ–तिल, फूल लिएर प्रार्थना गर्नुहोस्— हे चन्द्रघन्टा माता, मैले आज हजुरको जानी–नजानीकन पूजा अर्चना गरेको छु । केही भुलचुक भएछ भने मलाई क्षमा गरिदिनुहोला भन्दै माफी माग्नुहोस् । अन्तिममा गएर माताको शरण पर्नुहोस् । यति गर्नुभयो भने तेस्रो दिनको बिहानको पूजा सम्पन्न हुन्छ ।

अब तेस्रो दिनको साँझको समयमा आरती पुष्पाञ्जली गर्नुपर्छ । आउँछ भने विभिन्न स्तोत्रहरू आफैँ पाठ गर्नुहोस् । आउँदैन भने पनि श्रवण मात्रै पनि गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया