शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि शुभ ?

शनिबार, १९ असोज २०८१, ०६ : ५४
शनिबार, १९ असोज २०८१

वि.सं.२०८१ साल असोज १९ गते । शनिबार । ईश्वी सन् २०२४ अक्टोबर ५ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्लपक्ष । तिथि– तृतीया, ५७ घडी १८ पला, रातको ४ बजेर ५४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–स्वाती, ३५ घडी ४७ पला, बेलुकी ८ बजेर १८ मिनेट उप्रान्त विशाखा ।

योग–विष्कुम्भ, ५९ घडी ५१ पला, रातको ५ बजेर ५५ मिनेट उप्रान्त प्रिती । करण–तैतिल, बेलुकी ४ बजेर ४ मिनेट उप्रान्त गर, रातको ४ बजेर ५४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–तुला । काठंमाडौमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट । सूर्यास्त बेलुकी  ५ बजेर ४३ मिनेट । दिनमान २९ घडी २२ पला ।

आजको बार बेला ।  

बिहान ०५ बजेर ५९ मिनेटसम्म काल बेला ।

बिहान ६ बजेर ०० मिनेटदेखि बिहान ७ बजेर २७ मिनेटसम्म शुभ बेला ।

बिहान ७ बजेर २८ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म रोग बेला ।

बिहान ०८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म उद्वेग बेला ।

बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५१ मिनेटसम्म चर बेला ।

बिहान ११ बजेर ५२ मिनेटदेखि दिउसो १ बजेर १९ मिनेटसम्म लाभ बेला ।

दिउसो १ बजेर २० मिनेटदेखि दिउसो २ बजेर ४७  मिनेटसम्म अमृत बेला ।

दिउसो २ बजेर ४८ मिनेटदेखि बेलुकी ४ बजेर १६ मिनेटसम्म काल बेला ।

बेलुकी ४ बजेर १७ मिनेटदेखि बेलुकी ७ बजेर १६ मिनेटसम्म लाभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।  

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ । व्यापार वा घुमघामको सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । पारिवारि महोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दूरीको यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । व्यापार खस्केर जाने हुनाले आर्थिक व्यवस्थापन गर्न गाह्रो हुनेछ । लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोला । तरपनि परिवार तथा मन परेको मानिससँग छोटो दूरीको रमाइलो यात्रा हुने हुनाले मन प्रसन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सकिनेछ । सामाजिक काममा सहभागी भएर सहयोग गर्न पाउँदा मन प्रसन्न हुनेछ । तरपनि राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । यात्रा गदा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुनसक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा गर्न सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । दाजुभाइ तथा छिमेकीबाट तपाईँको कामको उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा आफन्तका साथ यात्रा गर्ने अवसर प्राप्त हुनेछ । तरपनि वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । लामो दूरीको यात्रा कष्टकर हुन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पहिरन,खाद्यान्न तथा परल पदार्थको व्यापारबाट मनग्गे फाइदा हुनेछ भने आम्दानीका नयाँ स्रोत पहिल्याउन सकिनेछ । सङ्गीत तथा साहित्यकै सवालमा लामो दूरीको यात्रा हुनेछ । किनमेल, मनोरञ्जन तथा खानपानमा समय खर्च हुनेछ । राजनीति कर्मी तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिएर दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तरपनि काम तथा अध्ययनको सिलसिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागि समय फलदायी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने व्यवसायबाट रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । सामाजिक कामबाट छोटो समयमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण थप बढ्नेछ । तरपनि लामो तथा छोटो दूरीको यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  सामाजिक क्षेत्र तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । फाली फलाम तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले लामो दूरीको यात्राको तय गनेछन् । घुमफिर तथा खानपानमा अधिकांश समय खर्च हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  धार्मिक कार्य तथा परोपकारी काममा मन जानेछ । शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवारका साथ किनमेल, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ । तरपनि केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । काममा चुनौती देखिनाले धेरै परिश्रम गर्नुपर्ला । योजना पूरा नभए पनि गरिएको प्रयत्नले भविष्यप्रति आशा जगाउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तरपनि लामो दूरीको शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । टेक्निकल क्षेत्र तथा धार्मिक क्षेत्रमा अनुसन्धान गर्नेहरूका लागी समय उत्तम रहेको छ । नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको गतिलो योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप