शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

वातावरण पत्रकार समूहको अध्यक्षमा कार्की निर्वाचित

शनिबार, १९ असोज २०८१, ०६ : २९
शनिबार, १९ असोज २०८१

काठमाडौँ  । नेपाल वातावरण पत्रकार समूह (नेवापस)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेवापस परिसरमा शुक्रबार भएको ३९औँ साधारणसभा पछिको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन् । 

उपाध्यक्षमा टीका बन्धन ४१ मतका साथ विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरे । महासचिव, सचिव र कोषाध्यक्षमा भने यसअघि नै क्रमशः कमलदेव भट्टराई, सृष्टि काफ्ले र भीष्मराज ओझा निर्विरोध निर्वाचित भएका थिए।

त्यस्तै, २ सदस्य (पुरुष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी भए । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गरे ।

नव निर्वाचित कार्यसमितिको कार्यकाल आगामी २ वर्षका लागि हो । जम्मा ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा २ जना महिला सदस्य र २ जना विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।

कूल १ सय ४ मतदाता रहेकामा ७४ जनाले मतदान गरेको जानकारी निर्वाचन संयोजक डा रवि शर्मा अर्यालले दिए । निर्वाचनअघि साधारणसभाले महासचिव सविन शर्मा, कोषाध्यक्ष सोमनाथ लामिछाने र लेखासमिति सदस्य निमेष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन छलफल पश्चात् पारित गर्‍यो ।

समूहले हरेक वर्ष प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रताप सिंहले प्राप्त गरे । समूहका पूर्व अध्यक्ष ओम खड्काले उनलाई सम्मानपत्र र नगद राशि हस्तान्तरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप