महिला टी–२० विश्वकप
महिला टी–२० विश्वकप : न्यूजिल्याण्डसँग भारत ५८ रनले पराजित
शनिबार, १९ असोज २०८१, ०४ : ३०
काठमाडौँ । दुबईमा जारी महिला टी–२० विश्वकप क्रिकेटमा भारतविरुद्ध न्यूजिल्याण्डले जित हासिल गरेको छ।
शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।
न्यूजिल्याण्डले भारतलाई १ सय ६१ रनको लक्ष्य दिएको थियो । जवाफमा भारतले १०२ रन मात्र जोड्न सक्यो ।
भारतका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक १५ रन योगदान गरिन् । भारतका लागि कुनै पनि खेलाडीले एक्लै २० रन पनि बनाउन सकेनन् ।
न्यूजिल्याण्डका लागि रोजमेरी मेयरले सर्वाधिक ४ विकेट लिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डकी कप्तान सोफी डिभिनले ५७ रनको सहयोगमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो ।
भारतका तर्फबाट रेणुका सिंहले २, अरुन्धती रेड्डी र शोभना आशाले १/१ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईसम्बन्धी छुट्टै नीति ल्याउँदै सरकार, तीन वटा संरचना निर्माण प्रस्ताव
-
स्वीडेनको विद्यालयमा कम्तीमा ५ जनामाथि गोली प्रहार
-
एआईसम्बन्धी नीति मस्यौदा सार्वजनिक (पूर्णपाठ)
-
फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि
-
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने टोलीको बिदाइ
-
अण्डा बोकेको दुर्घटनाग्रस्त ट्रकको भिडियोलाई सामाजिक सञ्जालमा उडाइयो मजाक