शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा ३२ माओवादी मारिए

शनिबार, १९ असोज २०८१, ०१ : ०९
शनिबार, १९ असोज २०८१

नयाँ दिल्ली । माओवादी प्रभावित भारतको छत्तीसगढस्थित नारायणपुर जिल्लामा प्रहरीसँगको भीडन्तमा ३२ जना कथित माओवादी मारिएको दाबी गरिएको छ ।

मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने जनाइएको छ । राति भएकाले प्रहरीलाई खोजी कार्यमा समस्या भइरहेको जनाएको छ । 

छत्तीसगढमा गतवर्ष भाजपा सरकार आएयता माओवादीविरुद्ध सघन अभियान चलाइरहेको छ । 

त्यसो त गृहमन्त्री विजय शर्माले माओवादीसँग शान्ति वार्ताको प्रस्ताव समेत राखेका छन् । यो वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा १७१ माओवादी मारिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप