शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सिस्नेरी पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण

शनिबार, १९ असोज २०८१, ०१ : ०४
शनिबार, १९ असोज २०८१

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पहिरोमा परेर मृत्यु भएका तीनजना विद्यार्थीका परिवारलाई शुक्रबार राहत उपलब्ध गराइएको छ ।

सरकारकातर्फबाट जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले पहिरोमा परी मृत्यु भएका मकवानपुरको हेटौँडाका अनुपम घलान, मकवानपुरगढीका साइमन योञ्जन र सिस्नेरीका दिवस बानियाँका परिवारलाई राहतस्वरुप दुई-दुई लाखको चेक हस्तान्तरण गरे । 

मृतक अनुपमका बुबा ललितबहादुर घलान, साइमनका बुबा हेमबहादुर योञ्जन र बानियाँका बुबा दीपक बानियाँलाई घरमा पुगेर चेक हस्तान्तरण गरिएको प्रजिअ चिलुवालले जानकारी दिए । 

यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले मकवानपुरको सिस्नेरीस्थित टेकरमा पहिरोमा खस्दा असोज १२ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा) क्याम्पमा प्रशिक्षण लिने र होस्टेलमा बसेर अध्ययन गर्दै आएका छजना विद्यार्थीको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप