शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

मंगल ग्रहबाट पृथ्वीमा संकेत पठाउँदै नासाको 'साइकी मिशन'

शनिबार, १९ असोज २०८१, ०१ : १५
शनिबार, १९ असोज २०८१

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मंगल ग्रहको कक्षबाट पृथ्वीमा संकेत पठाएको छ । यो मिसनको महत्वपूर्ण कोसेढुंगा भएको नासाले जनाएको छ । 

गत वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मंगल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो ।

प्रक्षेपण भएको लगभग एक वर्षपछि, नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४६० मिलियन किलोमिटर टाढा लेजर सिग्नल पठाएको नासाले जनाएको छ ।

नासाका अनुसार यो उपलब्धि मानवले एक दिन लेजरकोमाध्यमबाट मंगल ग्रहमा र त्यहाँबाट पृ्थ्वीमा  सुञ्चार गर्न सकिन्छ भन्ने प्रमाण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप