शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बाढीले बगाएर मृत्यु भएकी बालकुमारी श्रेष्ठको परिवारलाई राहत

शनिबार, १९ असोज २०८१, ०० : ३०
शनिबार, १९ असोज २०८१

गोरखा । खोलाले बगाएर ज्यान गुमाउनु भएकी गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई शुक्रबार राहत रकम प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई दुई लाख ५० हजार राहत रकम घरमा पुगेर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालले मृतकको परिवारलाई राहत रकम उपलब्ध गराएका हुन् । संघीय सरकारबाट प्राप्त दुई लाख र प्रदेश सरकारबाट ५० हजार राहत रकम मृतककी छोरीलाई हस्तान्तरण गरिएको प्रजिअ दाहालले जानकारी दिए । 

यही असोज १२ गते बुङकोट स्वास्थ्यचौकीमा उपचार गरेर घर फर्कने क्रममा गाउँपालिका–६ र ७ को सिमानामा पर्ने सुकौरा खोलाले बगाएर श्रेष्ठको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप