शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार दर्नालको ‘माया पनि बिटुलो’ पुस्तक सार्वजनिक

शनिबार, १९ असोज २०८१, ०० : ११
शनिबार, १९ असोज २०८१

काठमाडौँ । लेखक तथा पत्रकार सुशील दर्नालद्वारा लिखित ‘माया पनि बिटुलो’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

दर्नालको पुस्तक शुक्रबार एक कार्यक्रमका बीच सभामुख देवराज घिमिरेले लोकार्पण गरेका हुन् ।

पुस्तकमा विशेष गरी दलित समुदायको उत्पत्ति, इतिहास, सो समुदायको पुर्ख्यौली पेसा, जातीय भेदभाव तथा छुवाछूत, आर्थिक, राजनीतिक समस्या र दलित-गैरदलितबीच हुने अन्तरजातीय विवाह, प्रेम सम्बन्ध र जातीय कारणले आउने समस्या जस्ता विषय समेटिएका लेखक दर्नालले जानकारी दिए ।

त्यसैगरी दलित समुदायभित्र पनि गन्धर्व समुदायको अवस्था, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ को कार्यान्वयनको अवस्था, दलित समुदायले पाउँदै आएको आरक्षण, सार्क मुलुकमा दलित समुदायभित्र पनि दलित महिलाले भोग्नुपरेको समस्या, बादी महिला र संघर्षका कथा/व्यथालाई पुस्तकमा समावेश गरिएका छन् ।

साथै इतिहास रच्ने दलित नेपाली महिला, संसद्मा दलित प्रतिनिधित्वको अवस्था, निजामती सेवामा दलित महिलाको अवस्था, समावेशीकरण, दलित समुदायका सांसदसँगको अन्तरवार्ता पुस्तकमा रहेका लेखक दर्नालले बताए ।

डेढ दशकदेखि राससमार्फत पत्रकारिता गरिरहेका पत्रकार दर्नालको यो दोस्रो पुस्तक हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा ‘स्वर्णपदक’ प्राप्त उनले यसअघि ‘राससमा दलित समुदायको प्रतिनिधित्व र विषयवस्तु’ नामक अनुसन्धानमूलक पुस्तक प्रकाशन गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप