शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

‘सङ्घीयताले देशलाई एकढिक्का बनाएको छ’

शुक्रबार, १८ असोज २०८१, २१ : ५९
शुक्रबार, १८ असोज २०८१

सप्तरी । मधेस प्रदेशका गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सङ्घीयताले देशलाई एक ढिक्का बनाएको बताएका छन् । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा आज आयोजित श्रीपुर्राज सामुदायिक विकास केन्द्रको २९औँ साधारणसभामा उनले सङ्घीय लोकतान्त्रिक शासन प्रणालीकै कारण देश छोटो समयमै विकास र शान्तिको मार्गमा अगाडि बढेको बताए ।

“देशका तमाम शोषित उत्पीडित समुदायको सङ्घर्षपछि लोकतान्त्रिक सङ्घीय शासन प्रणाली आएको हा । यस व्यवस्थाले नै मुलुकलाई एकढिक्का बनाउन सघाएको छ”, मन्त्री लेखीले भने, “सङ्घीय प्रणालीकै कारण महिला, दलित, आदिवासी, जनजाति, मुस्लिमसहित उत्पीडित समुदायका सात हजार बढीले जनप्रतिनिधि बन्न पाएको र विकासले गति लिएको हामीले बिर्सिनुहुन्न ।” 

त्यस अवसरमा गैर सरकारी संस्था महासङ्घ सप्तरीका पूर्वअध्यक्ष एवं सामुदायिक विकास मञ्च तेरहौताका अध्यक्ष दिलीप चौधरीलाई रु १० हजार राशिको पुरस्कारसहित सम्मान गरिएको छ । सोही अवसरमा रासस बागमती प्रदेश कार्यालय प्रमुख राजु विश्वकर्मा, द फ्रिडम फण्डका कार्यक्रम व्यवस्थापक जिएम श्रेष्ठ र सल्लाहकार ब्रहमदेव रामलाई सम्मान गरिएको छ ।

श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशहाका अध्यक्ष चतुर नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरी, खडक नगरपालिका प्रमुख जयप्रकाश चौधरी, रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादव, हरवाचरवा राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डल, तत्कालीन कुशहा गाविसका अध्यक्ष देवानन्द चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, राष्ट्रिय दलित नेटवर्कका प्रतिनिधि सञ्जय महरा, नेपाल राम समाजका अध्यक्ष प्रथम लाल राम, हरवाचरवा राष्ट्रिय मञ्च सप्तरीका उपाध्यक्ष उमाकान्त सदालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप