शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

बाढी पहिरो प्रभावित जिल्लाका स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

शुक्रबार, १८ असोज २०८१, २१ : २१
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । सरकारले बाढी पहिरो प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बढी क्षति भएका जिल्लाका स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार काभ्रे, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली लगायत जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सरकाले विपद् संकटग्रस्त घोषणा गरेको हो ।  

मन्त्रिपरिषद् बैठकअघि आजै बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणाका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप