ऊर्जातर्फ चार अर्ब र सिँचाइतर्फ एक अर्बभन्दा बढी क्षति भयो : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले असोज ११ र १२ गतेको धेरै वर्षासँगै आएको विपद्ले ऊर्जातर्फ चार अर्ब र सिँचाइतर्फ एक अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मन्त्रालय अन्तर्गतका २१ वटा आयोजनाहरूमा क्षति पुगेको बताएका हुन् ।
मन्त्री खड्काले ऊर्जातर्फ चार अर्ब रुपैयाँ भन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए । त्यस्तै सिँचाइतर्फ एक अर्ब ३५ करोड रुपैयाँभन्दा माथि क्षति भएको अनुमान रहेको उनले जानकारी दिए । क्षति अझै बढ्ने उनको भनाई छ ।
मन्त्री खड्काले विपदबाट १ हजार १०० मेघावाट विद्युत अवरुद्ध भएको र मर्मतको प्रयास भइरहेको बताए । उनले लोडसेडिङ हुन नदिन काम गरिरहेको पनि बताए ।
उनले भने,‘ २१ वटा आयोजनाहरूमा क्षति पुग्यो । सिँचाइतर्फ झन्डै एक अर्ब ३५ करोडको क्षति भयो भन्ने अनुमानित फिगर आएको छ । दिनैपिच्छे यो बढ्ने क्रम जारी छ । विगतलाई हेर्यो भने क्षतिका हिसाबले कम नै हो । ऊर्जा तर्फ चार अर्ब बढीकै क्षति भएको अनुमान गरेका छौँ ।’
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सडक सञ्जाल टुटेका कारण विद्युत अवरोध भएको स्थानहरूमा मर्मतसम्भार गर्न गाह्रो भएको बताए । यद्यपि विद्युत चाँडै पुर्याउने गरी काम गरिरहेको उनको भनाई छ । उनले दसैँ अगाडि नै विद्युत सेवा पुर्याउने गरी काम गरिरहेको बताए ।
उनले भने, ‘विकट ठाउँहरूमा पनि दसैँ अगाडि कसरी पुनर्स्थापना गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ । हामीसँग ट्रान्सफर्मर स्टोर नभएको भए हालत अर्कै हुन्थ्यो । सामान हामीसँग धेरै छैन । विपद्का बेलामा चाहिने सामान पनि हामीसँग छैन ।’
उनले कुलेखानी बाँधले निम्त्याएको क्षतिको सम्बन्धमा विवरण संकलन गरिरहेको भन्दै क्षतिको यकिन गरेर आवश्यक कदम चाल्नका लागि विभागीय मन्त्रीसँग छलफल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
-
कर्फ्यू लगाएपछि सुनसान देखिएको वीरगञ्जको घण्टाघर आसपासको सडक
-
परिस्थिति पेचिलो र गम्भीर छ, नयाँ वर्षले केही न केही निकास ल्याउँछ : प्रचण्ड
-
उच्च पदस्थ सरकारी कर्मचारीलाई राजनीतिक नियुक्ति दिँदा कुलिङ समय राख्न डा. कोइरालाको माग
-
कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै हङ्कङ तेस्रो
-
अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्याली